+
+

सिंगापुरको आदित्य बिरलाले पायो २५ हजार टन डीएपी मलको ठेक्का

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २२ गते १८:३५
फाइल तस्वीर

२२ कात्तिक, काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले २५ हजार टन डीएपी मल खरिद गर्ने ठेक्का सिंगापुरको आदित्य बिरला ग्लोबल ट्रेडिङ प्रालिलाई दिएको छ ।

बिहीबार एक सूचना निकाल्दै कृषि सामग्री कम्पनीले करिब २ अर्ब ५६ करोड रुपैयाँ (१ करोड ८९ लाख ७५ हजार अमेरिकी डलर) मा नेपालमा डीएपी मल आपूर्ति गर्ने ठेक्का लगाएको जनाएको हो ।

कृषि सामग्री कम्पनीले वीरगञ्ज, विराटनगर र भैरहवामा आपूर्ति दिने गरी प्रतिटन ७ सय ५९ डलरमा नेपाल मल किन्ने गरी उसलाई ठेक्का दिएको हो ।

‘यो वर्ष अभाव हुन नदिने गरी मल आइरहेको छ । अहिले डीएपी मल किन्न पनि ठेक्का लगाएका हौं, प्रत्येक महिना जसो ग्लोबल टेन्डर मार्फत ठेक्काको काम भइरहेको छ’ लिमिटेडका सूचना अधिकारी पुन्यप्रसाद उपाध्यायले अनलाइनखबरलाई भने ।

कृषि मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ लागिसकेपछि असोज मसान्तसम्म १ लाख ५५ हजार ६ सय ८९  टन मल आयात भइसकेको छ ।

गत आथिर्क वर्ष २०८०/८१ को मौज्दातसहित अहिले १ लाख ४४ हजार ८ सय २५ टन मल भण्डारमा रहेको जनाइएको छ ।

चालु आवमा सरकारले ५ लाख ५० हजार टन रासायनिक मल आयात गर्ने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?