+
+

अलिपे प्लसबाट नेपालमा क्रस-बोर्डर भुक्तानी गर्न सकिने

चीन, इटाली, मलेसिय, सिंगापुर, थायल्यान्ड, दक्षिण कोरिया लगायत १० देशका पर्यटकले अब अलिपे प्लस मार्फत नेपालमा डिजिटल भुक्तानी गर्नसक्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १०:३०

काठमाडौं । नेपालपे क्यूआर र अलिपे प्लस बीच क्रस–बोर्डर भुक्तानी सम्बन्धी सम्झौता भएको छ । दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया तथा न्युजिल्यान्डका एन्ट इन्टरनेसनलका महाप्रबन्धक एडवर्ड यू र नेपाल किलयरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले क्रस-बोर्डर भुक्तानी सुरुवातको घोषणा गरेका हुन् ।

नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको नेपाल पे कयूआर र अलिपे प्लसबीच क्रस-बोर्डर सम्बन्धी भुक्तानी सुरुवात सँगै विश्वका १० बढी मुलुकका नागरिकले नेपाल भ्रमणमा क्यूआर कोड मार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।

चीनसहित हङकङ एसएआर चीन, मकाउ एसएआर चीन, सिंगापुर, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया र इटाली लगायत १० देश तथा क्षेत्रका यात्रुहरूले आफ्नो डोमेस्टिक इवालेट तथा मोबाइल बैंकिङ एप मार्फत नेपालपे क्यूआर नेटवर्क सहित ८ लाख ७५ हजारभन्दा बढी मर्चेन्टलाई भुक्तानी गर्न सक्ने क्लियरिङ हाउसले जनाएको छ ।

अलिपे प्लसका साझेदारहरू अलिपे (चिनियाँ मेनल्यान्ड), अलिपेएचके (हङकङ एसएआर), टिनाबा (इटाली), एमपे (मकाओ एसएआर), टच एन गो इवालेट र पब्लिक बैंक बर्हाडको माइपीबी (मलेसिया), हाइपे (मंगोलिया), जीक्यास (फिलिपिन्स), चाङ्गी पे र ओसीबीसी डिजिटल (सिंगापुर), नाभेर पे र टस पे (दक्षिण कोरिया) र ट्रुमनी (थाइल्यान्ड) बाट नेपालपे क्यूआर मार्फत सिमलेस क्रस बोर्डर भुक्तानी गर्न सक्नेछन् ।

क्रस-बोर्डर भुक्तानी सुरुवात घोषणा कार्यक्रममा क्लियरिङ हाउसका अध्यक्ष विश्रुत थापा, एन्ट इन्टरनेसनलका अध्यक्ष डगलस फेगिन, दुवै संस्थाका अन्य प्रतिनिधि लगायत उपस्थिति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?