+

इंग्ल्याण्डका डान डौथवेटले काठमाडौं गुर्खाजबाट खेल्ने

२०८१ कात्तिक  २३ गते २१:०३ २०८१ कात्तिक २३ गते २१:०३
इंग्ल्याण्डका डान डौथवेटले काठमाडौं गुर्खाजबाट खेल्ने

२३ कात्तिक, काठमाडौं । काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलका लागि इंग्ल्याण्डका अलराउण्डर ड्यानियल (डान) डौथवेटलाई अनुबन्ध गरेको छ ।

गुर्खाजले शुक्रबार प्रेस विज्ञप्तीमार्फत डौथवेटलाई चौथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।

२७ वर्षीय डौथवेइटले अब मंसिर १५ देखि हुने एनपीएलमा काठमाठौं गुर्खाजबाट खेल्नेछन् । काठमाडौंमा अनुबन्ध भएपछि डौथवेटले आफू एनपीएलका लागि काठमाडौं गुर्खाजमा अनुबन्ध हुन खुशी लागेको र टिमसँग रोमाञ्चक यात्रा तय गर्न आतुर रहेको बताएका छन् ।

इंग्ल्याण्ड राष्ट्रिय टोलीबाट नखेलेपछि घरेलु क्रिकेटमा भने डौथवेटको प्रदर्शन राम्रो छ । उनले ६२ टी-२० खेलमा दुई अर्धशतकसहित ६ सय ३० रन बनाएका छन् । यस्तै उनले ५७ विकेट समेत लिएका छन् ।

काठमाडौं गुर्खाजले यसअघि नेदरल्यान्ड्सका माइकल लेभिट, नामिबियाका जेरहार्ड एरासमस र इङ्ल्यान्डै स्टेफन इस्किनाजीलाई विदेशी कोटामा अनुबन्ध गरिसकेको छ ।

चार विदेशी भित्र्याएपछि काठमाडौँको टिममा १५ खेलाडी पुगेको छ । अब ट्यालेन्ट हन्टबाट एक खेलाडी राख्न बाँकी छ ।

राष्ट्रिय टिमका करण केसी मार्की खेलाडी रहेको काठमाडौंको मुख्य प्रशिक्षकमा बसन्त शाही ठकुरी छन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका भिम शार्की, रासिद खान लगायत उमेर समूह र घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका खेलाडीहरु काठमाडौंको टिममा छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएल काठमाडौं गुर्खाज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय