काठमाडौं । वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
फलेवास नगरपालिका वडा नम्बर ५ स्थित भवानी विद्यापीठ उच्च माविमा गत बुधबार र बिहीबार गरी दुई दिने विशेषज्ञ सहितको शिविर सम्पन्न भएको हो ।
फलेवास नगरपालिका, धुलिखेल अस्पतालको समन्वय र वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कमल लम्सालको नेतृत्व रहेको शिविरमा ११ सय जना भन्दा बढीले सेवा लिएका वीपी चिन्तन प्रतिष्ठानका नीलकण्ठ शर्माले जानकारी दिए ।
शिविरमा मुटु रोग, छाती तथा दम रोग, हाड जोर्नी, नशा र बाथ रोग, स्त्री रोग, बाल रोग, दन्त रोग र सामान्य चिकित्सा समेत ७ विधाका विशेषज्ञ चिकित्सकले निःशुल्क स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधि समेत उपलब्ध गराएका थिए ।
त्यस्तै, आवश्यकता अनुसार बिरामीहरुको रक्त परीक्षण, एक्स रे, मुटु रोगको लागि इसिजी र इको गर्ने व्यवस्थापन समेत मिलाइएको थियो ।
प्रतिक्रिया 4