+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जाजरकोटमा माइक्रोबस दुर्घटना, २५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १४:११

२६ कार्तिक, सुर्खेत। जाजरकोटमा माइक्रो बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । सोमबार बिहान १२ बजेतिर जिल्लाको भेरी नगरपालिका–१३, स्थित कुदु नजिक फोर्स गाडी दुर्घटनामा परेको हो ।

जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको उक्त माइक्रोबस कुदु नजिक दुर्घटना हुँदा २५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरूषोत्तम पाण्डेले जानकारी दिए।

उनका अनुसार उक्त गाडीमा ११ जना बच्चा सहित २१ जना सवार रहेका थिए। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था भने सामान्य रहेको छ ।

दुर्घटनाका सबै घाइतेहरूको उद्धार गरेर जिल्ला अस्पताल खलंगा पठाइएको डिएसपी पाण्डेले जानकारी दिए । गाडी सडकदेखि २५/३० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?