+
+

टप १० ब्रोकर कम्पनीले कति गरे किनबेच ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १७:४९

२६ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा ११ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम भदौ १९ यताकै उच्च हो ।

कारोबार रकम बढेका बेला टप १० ब्रोकर कम्पनीमार्फत बिक्रीभन्दा खरिद धेरै देखिएको छ । सोमबार टप १० ब्रोकर कम्पनीमार्फत ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको खरिद हुँदा ३ अर्ब ८० करोड रुपैयाँ बराबरको खरिद भएको छ ।

कुल कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३४ प्रतिशत हो । ६ मार्फत खरिद धेरै हुँदा ४ मार्फत बिक्री धेरै भएको छ । नासा, भिजन, आर्यतारा, डायनामिक, लिन्च र क्यापिटलमार्फत खरिद धेरै भएको छ ।

त्यस्तै इम्पेरियल, अनलाइन, सनी, एबीसीमार्फत भने बिक्री धेरै भएको छ । टप १० ब्रोकर कम्पनीमार्फत धेरै कारोबार भएका कम्पनीमा साहस ऊर्जा, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, समृद्धि फाइनान्स, एनएलजी इन्स्योरेन्स लगायत कम्पनी रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?