+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विद्युतीय सामग्रीको प्रदर्शनी काठमाडौंमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १२:१९

२६ कात्तिक, काठमाडौं । विद्युतीय सामग्रीको प्रदर्शनी काठमाडौंमा हुने भएको छ ।

यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवम प्रवर्वद्धनका लागि इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको बृहत प्रदर्शनी आयोजना गर्न लागिएको नेपाल विद्युतीय व्यवसायी महासंघले जनाएको छ ।

प्रदर्शनको यो एघारौं संस्करण हो । फिन इलेक्ट्रो टेक २०२४ नाम दिइएको प्रदर्शनी २९ कात्तिकदेखि २ मंसिरसम्म भृकुटीमण्डपमा चल्नेछ ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय र वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराइने समेत महासंघले जनाएको छ । प्रदर्शनीमा भारतीय उद्यमी समेत सहभागी हुने भएका छन् ।

९८ प्याभिलियन तथा स्टल रहने प्रदर्शनीमा नेपाली उत्पादन, बहुराष्ट्रिय कम्पनी, ट्रान्समिसन तथा डिस्ट्रिब्यसुन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुल एवं कन्डक्टर, स्विच, एलईडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?