काठमाडौं । दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता श्रीकान्त मेका सोमबार काठमाडौं आइपुगेका छन् । पत्नी र दुई सहयोगीसहित उनी दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।
सोमबार बेलुका पशुपतिनाथ मन्दिरमा पुगेर दर्शन गरे । सोल्टी होटलमा बसेका उनी मंगलबार बिहान बुढानिलकण्ठ मन्दिरको दर्शनमा जाने कार्यक्रम छ । मंगलबार जनकपुरको जानकी मन्दिर दर्शन गरेर उनी त्यतैबाट भारत फर्किने कार्यक्रम छ ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाको निम्तोमा नेपाल घुम्न आइपुगेका अभिनेता श्रीकान्तको भ्रमण धार्मिक देखिन्छ । तेलुगु, तामिल, कन्नडा र मलायलमसहितका १२० फिल्ममा उनले अभिनय गरेका छन् । जुनियर एनटीआरको शीर्ष भूमिका रहेको ‘देवरा पार्ट वन’ उनको पछिल्लो फिल्म हो, जुन नेपालमा समेत रिलिज भएको थियो ।
उनले अल्लु अर्जुनसँग पनि करिअरमा धेरै हिट फिल्म दिएका छन् । राम चरण र कियारा आडवाणी अभिनित फिल्म ‘गेम चेन्जर’ श्रीकान्तको आगामी फिल्म हो जुन प्रदर्शन तयारीमा छ ।
प्रतिक्रिया 4