२७ कात्तिक, काठमाडौं । ग्लोबल आईएमई लघुवित्तको नाफा १९ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४ करोड ४ लाख रुपैयाँ छ ।
गत आर्थिक वर्षको यसै अवधिमा यस्तो नाफा ३ करोड ४० लाख रुपैयाँ थियो । यहीं अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने करिब १२ प्रतिशतले घटेको छ । यस्तो आम्दानी पहिले १५ करोड ५७ लाख रुपैयाँ रहेकोमा अहिले १३ करोड ७१ लाख रुपैयाँ छ ।
आम्दानी घट्दा पनि नाफा बढ्नुको प्रमुख कारण ‘लोनलस प्रोभिजन’ (इम्पेरिमेन्ट चार्ज) भारी मात्रामा घट्नु हो । लोनलस प्रोभिजनवापत पहिले ४ करोड ६९ लाख रुपैयाँ रहेकोमा अहिले ६८ लाख मात्रै छ ।
नाफा बढ्दा प्रतिसेयर आम्दानी बढेको छ । वार्षिक प्रतिसेयर आम्दानी पहिले २१ रुपैयाँ ९८ पैसा रहेकोमा अहिले २६ रुपैयाँ १६ पैसा छ ।
कम्पनीको निष्क्रिय कर्जामा सामान्य सुधार देखिएको छ । कुल कर्जामा निष्क्रिय कर्जा असोज मसान्तसम्म ४.३५ प्रतिशत छ । गत वर्षको असोजमा यस्तो कर्जा ४.७६ प्रतिशत थियो । लघुवित्तको आधार दर १३.५३ प्रतिशत छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ८० पैसा छ । सोमबार बजार बन्द हुँदा कम्पनीको मूल्य प्रतिकित्ता १३४० रुपैयाँ छ ।
प्रतिक्रिया 4