२७ कात्तिक, काठमाडौं । सोमबार सेयर बजारमा १० प्रतिशत मूल्य बढेको मानुषी लघुवित्त वित्तीय संस्थाले मंगलबार नोक्सानीको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो दिन १० प्रतिशत बढेको यसको प्रतिकित्ता मूल्य १९०४ रुपैयाँ १० पैसा छ ।
कम्पनीको सार्वजनिक वित्तीय विवरणअनुसार चालु आवको पहिलो तीन महिनामा ५६ लाख १६ हजार नोक्सानी छ । नोक्सानी पहिलेभन्दा घटेको हो । पहिले यहीं अवधिमा १ करोड १२ लाख रुपैयाँ नोक्सानी थियो ।
कम्पनीको खुद ब्याज आम्दानी बढेको छ । गत आवको पहिलो त्रैमासमा खुद ब्याज आम्दानी १ करोड ५५ लाख रुपैयाँ रहेकोमा अहिले २ करोड ५९ लाख रुपैयाँ छ ।
कम्पनीको लोनलस प्रोभिजन पहिले १ करोड २० लाख रहेकोमा अहिले १ करोड १ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २० रुपैयाँ ५४ पैसा ऋणात्मक छ । कुल कर्जामा निष्क्रिय कर्जाको अंश ५.१३ प्रतिशत छ । गत वर्षको असोजमा यस्तो कर्जा ७.३४ प्रतिशत थियो । प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ८४ पैसा छ ।
प्रतिक्रिया 4