+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

‘पूर्णबहादुरको सारङ्गी’को ‘इफेक्ट’ : ‘कंगुवा’ नेपालमा नआउने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १३:१४

काठमाडौं । सूर्या र बबी देओल स्टारर प्रतीक्षित भारतीय फिल्म ‘कंगुवा’ शुक्रबार नेपालमा रिलिज नहुने पक्का भएको छ । यो फिल्म नेपालमा ल्याउन कसरत गरिरहेको वितरण कम्पनी ए–एट्ले हललाई पठाएको सन्देशमा यो कुरा उल्लेख छ ।

यो फिल्मलाई ए–एट्, डीसीएन र आरआर फिल्म्सले मिलेर ल्याउन लागेका थिए । स्वदेशमै नेपाली फिल्म ‘पूर्णबहादुरको सारंगी’ले ब्लकबस्टर कमाइ गरिरहँदा एक्सनप्रधान ‘कंगुवा’ नआउने भएपछि अवश्य पनि नेपाली फिल्मका लागि राहतको खबर हुनसक्छ ।

अहिले देशभरका ४५० भन्दा धेरै शो ‘पूर्णबहादुरको सारंगी’को कब्जामा छन् । शुक्रबार प्रदर्शन हुन लागेको नीता ढुंगाना स्टारर ‘ह्रस्व दीर्घ’ले कम्तीमा डेढ सय शो प्राप्त गर्न सक्ने प्रक्षेपण छ । नेपाली फिल्मले उत्कृष्ट कमाइ गरिरहँदा कंगुवा नआउँदा यसले नेपाली निर्मातालाई राहत दिनेछ ।

स्रोतका अनुसार ‘कंगुवा’का भारतीय वितरकले यसको नेपाल राइट एक करोड २० लाख भारुमा बिक्री गर्न चाहेका थिए । एकातिर महंगो रकमको लगानी सुनिश्चितता अर्कोतिर यसअघि ल्याइएका ‘सिंघम अगेन’ र ‘भुलभुलैया ३’ कै लगानी उठ्ने अन्योलता र ‘पूर्णबहादुरको सारंगी’को उछाल कमाइले ‘कंगुवा’ नआउने वातावरण सिर्जना गरेको अनुमान छ ।

‘यो फिल्म नेपाल नआउँदा नेपाली फिल्मलाई राहत हुने पक्का छ’ स्रोतले भन्यो, ‘अहिलेको ट्रेन्डअनुसार नेपाली दर्शकले नेपाली फिल्मलाई नै प्राथमिकतामा राखेको बुझ्न सकिन्छ ।’ सेभेन सिजको ‘पूर्णबहादुरको सारंगी’ले ११ दिनसम्म देशव्यापी २० करोड ७३ लाख ग्रसको कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?