 
																						शेष घले/फाइल तस्वीर								
											२७ कात्तिक, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिको पहिलो बैठक आगामी ४ मंसिरमा हुने भएको छ ।
एनआरएनए उच्चस्तरीय समिति संयोजक शेष घलेले जारी गरेको सूचना अनुसार एनआरएनएको सदस्यता, निर्वाचन तथा अधिवेशन प्रतिनिधि छनोट लगायत सबै विवाद समाधान गरी एकतापूर्ण महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयको १ कात्तिकको पत्रका आधारमा उच्चस्तरीय समितिको पहिलो बैठक ४ मंसिरमा काठमाडौं बालुवाटारस्थित एनआरएनएको कार्यालयमा हुनेछ ।
सर्वोच्च अदालतले उत्प्रेषण परमादेश मुद्दामा २१ चैत २०८० मा गरेको फैसलापछि गठित उच्चस्तरीय समिति र उक्त समितिलाई दिएको आदेश कार्यान्वयन गर्न एनआरएनएलाई परराष्ट्र मन्त्रालयले एकतापूर्ण महाधिवेशन गर्न पत्राचार गरेको थियो । सोही अनुसार बैठक गर्न लागिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4