
२८ कात्तिक, काठमाडौं । धितोपत्र कारोबार गर्दै आएका ब्रोकर कम्पनीका दुई एसोसिएसन मर्जमा जाने भएका छन् ।
स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर एसोसिएसन नेपालबीच बुधबार साँझ मर्जरसम्बन्धी सम्झौता हुने भएको छ ।
पहिलेदेखि नै सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीहरूको एउटा एसोसिएसन र पछिबाट सञ्चालनमा आएका ४० कम्पनीहरुको छुट्टै एसोसिएसन रहँदै आएको थियो ।
मर्जपछि बन्ने एसोसिएसनको नाम स्टक ब्रोकर एसोसिएसन अफ नेपाल रहने भएको एक ब्रोकर कम्पनीका सञ्चालकले जानकारी दिए । उनका अनुसार दुई एसोसिएसन मर्जपछि साधारणसभाले नयाँ अध्यक्षसहितका पदाधिकारी चयन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4