+
+

टप १० ब्रोकरमध्ये ८ मार्फत बिक्री धेरै, यस्तो छ किनबेच

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २८ गते १७:४७

२८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा कुल ७ अर्ब ९१ करोड रुपैयाँको कारोबार भयो ।

यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३.११ प्रतिशत हो । यस दिन टप १० ब्रोकर कम्पनीमार्फत २ अर्ब ४९ करोड रुपैयाँ बराबरको धितोपत्र खरिद हुँदा २ अर्ब ७५ करोड रुपैयाँको बिक्री भएको छ ।

टप १० ब्रोकर कम्पनीमध्ये ८ मार्फत बिक्री धेरै देखिन्छ बाँकी दुईको भने खरिद धेरै छ । सबैभन्दा धेरै कारोबार गरेको लिन्चको खरिद धेरै छ । सो कम्पनीमार्फत ४४ करोडको खरिद हुँदा ३२ करोडको बिक्री भएको छ ।

लिन्चका साथै क्यापिटलको पनि खरिद धेरै छ । बाँकी नासा, इम्पेरियल, भिजन, अनलाइन, सनी, आर्यतारा, दिपशिखा र डायनामिकमार्फत बिक्री धेरै भएको छ ।

यस दिन धेरै कारोबार भएका कम्पनीमा जानाकी फाइनान्स, पोखरा फाइनान्स, सप्तकोशी विकास बैंक, समृद्धि फाइनान्स, पिपुल्स पावर, सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल फाइनान्स अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?