२९ कात्तिक, काठमाडौं । बुटवल पावर कम्पनीको नाफा १२.१ प्रतिशतले घटेको छ ।
कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६ करोड ६० लाख रुपैयाँ छ । गत आवको पहिलो त्रैमासमा यस्तो नाफा ७ करोड ५१ लाख रुपैयाँ थियो ।
कम्पनीको बिक्री आम्दानी घटेको छ । यस्तो आम्दानी पहिले २१ करोड ५ लाख रुपैयाँ रहेकोमा अहिले २० करोड ९० लाख रुपैयाँ छ । जसले गर्दा नाफामा असर परेको देखिन्छ ।
कम्पनीको तीन महिनाको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा छ । असोज मसान्तसम्म प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ छ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५१ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4