+
+

गणेश हिमाल आधार शिविरमा अलपत्र परेकाको २७ घण्टापछि उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते १४:४५

२९ कात्तिक, काठमाडौं। गणेश हिमालको आधार शिविरतर्फ जाँदै गर्दा बीच बाटोमै बिरामी परेर अलपत्र परेकाहरुलाई आज उद्धार गरिएको छ ।

टोलीका तीन सदस्यलाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको छ । धादिङ प्रशासनले बुधबारै उद्धारको प्रयास गरे पनि खराब मौसमका कारण सफल हुन सकेको थिएन ।

पर्यटन प्रवर्द्धनका लागि भन्दै गणेश हिमाल आधार शिविर जाँदै गर्दा डिभिजन वन कार्यालय धादिङका प्रमुख विष्णुप्रसाद आचार्य, प्राविधिक सहायक अनुसिया ढुंगानामा श्वासप्रश्वासको समस्या देखिएको थियो । आधार शिविर नपुग्दै आँखुखोला नजिक बिरामी परेपछि १६ जनाको टोली बीच बाटोमै रोकिएको थियो । उनीहरुको २७ घण्टापछि आज दिउँसो साढे १ बजे उद्धार भएको हो ।

बिरामी परेका सबैको अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बिरामीहरुलाई उपचार गर्न नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको र अन्यलाई हिन्दुङ गाउँमा छाडिएको थियो ।

पर्यापर्यटन प्रवर्द्धन गर्न भन्दै धादिङको रुवी भ्याली गाउँपालिका र डिभिजन वन कार्यालय धादिङको टोली एक सातायता पदयात्रामा छ । उनीहरुसँग केही पत्रकार र साहित्यकारहरुसमेत छन् ।

आज बिहानदेखि प्रयास गर्दा मौसममा सुधार आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरुको अहिले दिउँसो १:३० बजे उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?