+
+

दार्चुला दुर्घटना : घाइतेलाई हेलिकोप्टरबाट धनगढी ल्याइयो, ‘रिसिभ’ गर्ने कोही नहुँदा केहीबेर अलमल

‘धनगढी विमानस्थलमा पहिल्यैदेखि एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । तर घाइतेहरु ल्याएको हेलिकप्टर कभर्डहलमा अवतरण गरेछ,’ सुरक्षा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मिस कम्युनिकेसनले गर्दा त्यस्तो भयो ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते १०:४७
नेपाली सेनाको हेलिकोप्टर । फाइल फोटो

३० कात्तिक, धनगढी । दार्चुलाको जिप दुर्घटनाका गम्भीर घाइतेहरुलाई उपचार गर्न कैलालीको धनगढी ल्याइएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका–८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहित तीन जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचार गर्न धनगढी ल्याइएको हो । घाइतेहरुलाई सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टर सुरुमा अस्पताल नजिकको कभर्ड हलमा अवतरण गरेको थियो । तर त्यहाँ घाइतेलाई अस्पतालसम्म पुर्‍याउने एम्बुलेन्स नभएपछि केहीबेर अलमल भएको थियो । पछि फेरि हेलिकोप्टर विमानस्थलमा पुगेको थियो । त्यहाँबाट बल्ल घाइतेहरुलाई अस्पतालसम्म पुर्‍याइएको हो ।

‘धनगढी विमानस्थलमा पहिल्यैदेखि एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो । तर घाइतेहरु ल्याएको हेलिकप्टर कभर्डहलमा अवतरण गरेछ,’ सुरक्षा स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मिस कम्युनिकेसनले गर्दा त्यस्तो भयो ।’

हेलिकोप्टरले पहिलो खेपमा जिप चालक सुनिल जोशीसहित डिलासैनी ४ बैतडीका उत्तम रोकाया, सुनिलदत्त जोशी र सन्जीव रावललाई उपचारका लागि धनगढी ल्याएको हो ।

शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका–६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।

दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर–५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए । यस्तै, बैतडीको डिलासैनी गाउँपालिका–५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?