+
+

चीनमा नयाँ आइफोनको बिक्री उत्साहप्रद, पहिलो ३ हप्तामा २० प्रतिशतको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते १४:००

एप्पलको नयाँ सिरिजको आइफोनले चिनियाँ बजारमा उत्कृष्ट सुरुवात हासिल गरेको छ । चिनियाँ बजारमा बिक्री सुरु भएको सुरुवाती ३ हप्तामै नयाँ मोडेलको आइफोनको बिक्री अघिल्लो संस्करणको तुलनामा २० प्रतिशतले बढी भएको काउन्टरप्वाइन्टको रिपोर्टले देखाएको छ ।

चीनमा गत सेप्टेम्बर २० बाट एकैदिन एप्पल र हुवावेका नयाँ फोनको बिक्री सुरु भएको थियो । यसले पनि विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारको रुपमा रहेको चीनमा स्मार्टफोन ब्राण्डहरुबीचको तीव्र प्रतिस्पर्धा प्रष्ट हुन्छ ।

अझ स्थानीय ब्राण्डका घरेलु स्मार्टफोनहरुका कारण चीनमा एप्पलले पछिल्लो समयमा आफ्नो बजार हिस्सा गुमाउँदै गएको छ ।

काउन्टर प्वाइन्टका अनुसार चीनमा आइफोन १६ सिरिजको बिक्री उच्च देखिएको छ । त्यसमध्ये पनि आइफोन १६ प्रो र प्रो म्याक्स मोडेलप्रतिको आकर्षण सबैभन्दा बढी देखिएको छ । आइफोन १६ प्रो र प्रो म्याक्सको बिक्री १५ संस्करणका सोही मोडेलका आइफोनको तुलनामा ४४ प्रतिशतले बढी देखिएको छ ।

चिनियाँ बजारमा पछिल्लो संस्करणको आइफोनको बिक्री उच्च देखिएपछि समग्रमा आइफोनको बिक्री चाहिं गत वर्षको तुलनामा २ प्रतिशतले घटेको छ ।

खासगरी पुराना सिरिजका आइफोनको बिक्री घट्नु र हुवावेको मेट र पूरा सिरिजका स्मार्टफोनसँगको प्रतिस्पर्धा बढ्नु नै यसको प्रमुख कारणको रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?