 
																			२ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा १६ जनाको उम्मेदवारी परेको छ ।१६ मंसिरमा हुने उपनिर्वाचनका लागि आइतबार एक जना स्वतन्त्रसहित १६ जनाले मनोनयन दर्ता गराएका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, नेकपा (माओवादी केन्द्र) बाट नमोनारायण माझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नवीनकुमार विश्वासले मनोनयन दर्ता गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीबाट दिलबहादुर विश्वकर्मा, नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजवंशीले मनोनयन दर्ता गरेका हुन् ।
मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु, राप्रपा नेपालबाट राजु मुसहर र समावेशी समाजवादी पार्टीबाट बोधनारायण माझीले मनोनयन दर्ता गरेका छन् ।
नेकपा एमालेका स्थानीय नेतासमेत रहेका नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ग्रामथानको अध्यक्षमा एमालेबाट चौधरीसहित ११ जना आकांक्षी थिए । पालिकाले उनको नाम पनि आकाक्षीको रुपमा पठाएको थियो । पार्टीले तुलसीराम विश्वासलाई टिकट दिएपछि असन्तुष्ट बनेका उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
ग्रामथानमा २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । गत असार ३ गते उनको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4