+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘पूर्णबहादुरको सारंगी’ले १७ दिनमा कमायो ३४ करोड ३६ लाख

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २ गते २०:०७

काठमाडौं । ‘पूर्णबहादुरको सारंगी’ले प्रदर्शनको १७ दिनसम्म देशब्यापी ३४ करोड ३६ लाख ग्रस कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले शनिबारसम्मको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

जसअनुसार, शुक्रबार २ करोड ६ लाख ग्रस र शनिबार २ करोड ९५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मले १५ दिन (तेस्रो विहिबारसम्म) २९ करोड ३५ लाख ग्रस कमाइ गरेको थियो ।

फिल्मले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन । सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । साथै, ‘पूर्णबहादुरको सारङ्गी’ एकैदिनमा सर्वाधिक कमाउने नेपाली फिल्म समेत बन्यो ।

फिल्मले कात्तिक २४ गते एकैदिन ३ करोड ८९ लाख रुपैयाँ ग्रस कमाएको थियो । ‘कबड्डी ४’ को २ करोड ९० लाखको ग्रसलाई बाँसुरी फिल्म्सकै पछिल्लो सहकार्यको फिल्मले उछिनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?