+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
124/5 (17.2)
Shares

चेक बाउन्स मुद्दामा पक्राउ परेका लामा कारागार चलान

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १९:४९

४ मंसिर, काठमाडौं । चेक बाउन्स मुद्दामा पक्राउ परेका गुण्डा नाइके सत्यमान लामा डिल्लीबजार कारागार चलान भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लामालाई आइतबार साँझ पक्राउ गरेको थियो । त्यसपछि फैसला कार्यान्वयनका लागि अदालत उपस्थित गराइएको थियो । अदालतको निर्देशनपछि लामालाई डिल्लीबजार कारागार चलान गरिएको परिसर काठमाडौंले जनाएको छ ।

काभ्रेको तेमाल घर भई काठमाडौं महानगरपालिका–४ बस्दै आएका लामालाई काठमाडौं जिल्ला अदालतले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिवाना सजाय हुने फैसला गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?