+
+

लागुऔषध र ठगी मुद्दाका २ फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ५ गते १२:४३

५ मंसिर, काठमाडौं । लागुऔषध र ठगी मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ का सेते बुढामगर भनिने रनबहादुर बुढामगर र कपिलवस्तुकै यशोधरा गाउँपालिका बस्ने परमपति कुर्मी छन् ।

बुढामगरलाई लागु औषधको कसुरमा र कुर्मीलाई ठगीको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एस्पी निरन्जनदत्त भट्टले बताए ।

बुढामगरविरुद्ध २५ पुस २०८० मा कपिलवस्तु अदालतले लागुऔषध मुद्दामा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

कुर्मीलाई भने ठगीको कसुरमा कपिलवस्तु अदालतले २६ चैत २०८० मा ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

उनीहरु दुवैलाई फैसला कार्यान्वयनका लागि अदालत पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?