
७ मंसिर, काठमाडौं । अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले कुराकानी गरिरहेका छन् ।
शुक्रबार साँझ प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत सामाजिक सञ्जाल एक्सका मालिक समेत रहेका मस्कसँग कुराकानी गरिरहेको उनको सचिवालयले अनलाइनखबरसँग पुष्टि गरेको छ । यद्यपि, के विषयमा कुराकानी भइरहेको छ भन्ने विषयमा खुलाइएको छैन ।
स्पेश एक्सका कम्पनीका मालिक समेत रहेका मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् ।
अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् ।
उनले ट्रम्पलाई चुनावी अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएको विवरण समेत सार्वजनिक भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4