+
+

कोहलपुरमा विद्युतीय शवदाह गृह बनाउन ग्लोबल आईएमई बैंकको २० लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते १९:४६

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विद्युतीय शवदाह गृह निर्माणका लागि २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

ग्लोबल आईएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख संगीता सुवेदीलाई एक समारोहका बीच सहयोग हस्तान्तरण गरेकी हुन् ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका-११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विद्युतीय शवदाह गृह निर्माणको काम सुरु भइरहेको कार्यबाहक नगर प्रमुख सुवेदीले जानकारी दिइन् ।

यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको सिवाकोटीले बताइन् ।

बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरू छनोट गरी काम गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?