+
+

हेटौंडास्थित विद्युत् प्राधिकरणको वर्कशपमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १२ गते २०:४६

१२ मंसिर, हेटौंडा । नेपाल विद्युत् प्राधिकरणको हेटौंडास्थित केन्द्रीय वर्कशपमा भीषण आगलागी भएको छ । अहिले भर्खरै वकर्शपको पुरानो सामान राख्ने गोदाममा आगलागी भएको वडा प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

केन्द्रिय र्कशपमा प्राधिकरणको ट्रान्समिटर सम्बन्धी कार्य हुने गरेको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रज्वल थपलियाले आगलागीको कारण खुल्न नसकेको बताउँदै आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।

वर्कशपमा यसअघि दुई पटक आगलागी भएको थियो । ११ वैशाख २०७१ मा लागेको आगलागी दमकलको प्रयोगबाट पनि नियन्त्रणमा लिन नसक्दा डोजरले भवनको पर्खाल भत्काएर नियन्त्रणमा लिइएको थियो ।

१२ माघ २०७९ मा आगलागी हुँदा तारलगायतका विद्युतीय सामग्री जलेर नष्ट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?