+
+

कीर्तिपुरको पाँगामा एमालेको चुनावी सभा (तस्वीरहरू)

कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ मंसिर १३ गते १६:५७

१३ मंसिर, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले कीर्तिपुर नगरपालिकामा आफ्नो अन्तिम चुनावी सभा आयोजना गरेको छ । कीर्तिपुरको पाँगामा आयोजित सभालाई सम्बोधन गर्न पार्टीका महासचिव शंकर पोखरेल लगायतका नेताहरू पुगेका छन् ।

यस नगरपालिकाको प्रमुखमा एमालेले सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ ।

कीर्तिपुरको मेयरका लागि आगामी १६ मंसिरमा उपनिर्वाचन हुँदैछ । यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । आजै सत्ता सहयात्री दल नेपाली कांग्रेससहित माओवादी केन्द्रले पनि यहाँ अन्तिम सभा आयोजना गरेका छन् ।

सभामा सहभागी हुन दलका शीर्ष नेताहरू कीर्तिपुर पुगेका छन् ।

कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल प्रमुखका उम्मेदवार हुन् भने दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?