+
+

म थाकेको छैन, आन्दोलनका लागि रातदिन खटिरहेको छु : प्रचण्ड

बिहीबार कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफू पुनः आन्दोलन गरेरै जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावरण निर्माणका लागि खटिरहेको बताए।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १७:२०
कीर्तिपुरको चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर)

१३ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अवस्था पूरा गर्नका लागि एउटा नयाँ आन्दोलनको आवश्यकता भएको जिकिर गरेका छन् ।

बिहीबार कीर्तिपुर नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आफू पुनः आन्दोलन गरेरै जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावरण निर्माणका लागि खटिरहेको बताए।

‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक छ । हामी थाक्न हुने स्थिति छैन,’ प्रचण्डले अघि भनेका छन्, ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’

साथै, उनले आगामी १६ मंसिरमा हुने उपनिर्वाचन सामान्य कुरा मात्रै नभएको उल्लेख गरे।

‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’

उनले अहिले विचौलियाहरूको सेटिङमा सरकार बनेको दाबी पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?