+
+

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते ११:४३

१४ मंसिर, बुटवल । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

सदरमुकाम घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस बिजौरीको डाँडागाउँनेर दुर्घटना हुँदा २१ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले जानकारी दिए ।

बस चालक घाेराही-१० का मनाेज चाैधरी फरार छन् । बस सडकबाट करिब तीन मिटर तल खसेकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?