+
+

युवतीको चरित्रहत्या गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १३:५७

१४ मंसिर, काठमाडौं । सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–१ का ३८ वर्षीय सुरेन्द्र केसी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । १२ मंसिरमा पक्राउ परेका उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी दीपकराज अवस्थीले बताए ।

उनले सामाजिक सञ्जालमार्फत एक युवतीलाई साथी बनाएका थिए । त्यसपछि विवाह गर्ने भन्दै ती युवतीसँग भिडियो कल गर्ने र गोप्य अंगहरु देखाउन लगाउने गरेका थिए । पछि सम्बन्ध बिग्रिएपछि रेकर्ड गरेर राखिएका युवतीका नग्न भिडियो र फोटोहरू उनका आफन्तलाई पठाएको आरोप उनीमाथि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?