+
+

चिनियाँ विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १४ गते १९:३६

१४ मंसिर, काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल भ्रमणको निम्तो दिएकी छिन् ।

शुक्रबार चीनको शहर छेङ्दुमा भएको भेटमा परराष्ट्रमन्त्री राणाले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणको निम्तो दिएको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीका लागि चीन पुगेकी परराष्ट्रमन्त्री राणाले शुक्रबार द्विपक्षीय भेटवार्ता गरेकी थिइन् ।

भेटका क्रममा चीन सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका विषयमा छलफल भएको बताइएको छ ।

परराष्ट्रमन्त्री राणा भोलि चीनबाट स्वदेश फर्कनेछिन् भने सोमबार प्रधानमन्त्री ओलीसँग पुनः त्यसतर्फ जानेछिन् ।

प्रधानमन्त्री ओलीले १७ मंसिरदेखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?