+

त्रिविका विद्यार्थीलाई एनपीएलको टिकटमा ५० प्रतिशत छुट

२०८१ मंसिर  १४ गते २२:२५ २०८१ मंसिर १४ गते २२:२५
त्रिविका विद्यार्थीलाई एनपीएलको टिकटमा ५० प्रतिशत छुट

१४ मंसिर, काठमाडौं । शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको टिकट खरिद गर्दा त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले छुट पाउने भएका छन् ।

त्रिविमा अध्ययनरत विद्यार्थीहरूले एनपीएलको टिकट खरिद गर्दा ५० प्रतिशत छुट पाउने भएका हुन् । क्यानले शुक्रबार राति एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

‘प्रतियोगिता अवधिभरका लागि त्रिवि मैदान कीर्तिपुरमा हुने खेलहरूका लागि क्यान र त्रिभुवन विश्वविद्यालयबीच भएको सम्झौता अनुसार त्रिविमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि टिकट खरिदमा ५० प्रतिशत छुट कायम गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

क्यानले लिग चरणका खेलहरूमा जनरल टिकटको रु ३०० तथा भीआईपी टिकटको रु ५०० तोकेको छ । त्यसैगरी प्लेअफमा जनरलको ५०० र भीआईपीको ७०० रुपैयाँ तथा फाइनलको दिनमा सामान्यको ५०० र भीआईपी टिकटको १००० रुपैयाँ तोकिएको छ ।

८ टोली सम्मिलित एनपीएल शनिबारदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुँदै छ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दै छन् ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय