 
																			१६ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाडमा मतदान सकिएको छ । यो पालिकामा उपाध्यक्षका लागि मतदान भएको हो । मतदान सकिएपछि राजनीतिक दलहरू छलफलमा जुट्दैछन् । सर्वदलीय बैठकपछि मतगणना सुरु गर्ने तयारी छ ।
सर्केगाड गाउँपालिकामा उपाध्यक्षका पदका लागि उपचुनाव भएको हो । पालिकामा मतदानका लागि १२ मतदान स्थलमा १३ मतदान केन्द्र तोकिएको थियो ।
सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसबाट सविता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट संगीता शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट बाँचा बुढा चुनावी मैदानमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4