+
+

उपनिर्वाचन : मधेश सरकारको नेतृत्वकर्ता जनमत प्रतिस्पर्धामा आउनै सकेन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २१:४९

१७ मंसिर, जनकपुरधाम । मधेश प्रदेशमा सातवटा वडामा वडाध्यक्ष पदको लागि भएको उपचुनावमा नेपाली कांग्रेस र जसपा नेपालले २-२ सिट जितेका छन् । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १-१ सिट जितेका छन् ।

तर मधेश सरकारको नेतृत्व गरिरहेको डा. सिके राउन तेतृत्वको जनमत पार्टी शून्य स्थितिमा रह्यो । जनमतका उम्मेदवारे एक वडामा तेस्रो नम्बरमा मत ल्याउने बाहेक अन्य वडामा प्रतिस्पर्धामै आउन सकेनन् ।

धनुषाको धनुषाधाम नगरपालिका १ मा माओवादी केन्द्रका सुनिल कापर केवट ६८४ मा विजयी हुँदा सातौं नम्बरमा जनमतका उम्मेदवार कुशेश्वर मण्डल मात्र २५ मतमा सीमित भएका छन् । यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिका २ मा त जनमतले उम्मेदवार समेत उठाउन सकेन ।

सप्तरीको डाकनेश्वरी नगरपालिका १ मा जसपा नेपालका धिरेन्द्र साह ६५२ मत ल्याएर विजयी हुँदा पाँचौ नम्बरमा जनमतका उम्मेदवार शैलेन्द्र साह तेलीले ७४ मत मात्र पाएका छन् ।

डाकनेश्वरीको वडा नम्बर ४ मा जसपा नेपालकै उम्मेदवार देवेन्द्रप्रसाद यादव ३७२ मतले जित निकाल्दा तेस्रो नम्बरमा जनमतका उम्मेदवार उदयनारायण पंडितले २३१ मत पाए ।

रौतहटको ईशनाथ नगरपालिका ७ मा नेपाली कांग्रेसका शेष अब्दुल खलिक ६२७ मतले निर्वाचित भए । त्यहाँ जनमतका उम्मेदवार शेख जमिरुल हक चौथो नम्बरमा १३५ मतमा सिमित भए ।

यस्तै रौतहटको गढीमाई नगरपालिका ८ मा नेकपा एकीकृत समाजवादीका बजरंगी प्रसाद यादव ६५५ मतले निर्वाचित हुँदा जनमतका उम्मेदवार सरेन्द्र राउत कुर्मी छैटौं नम्बरमा रहे । उनले मात्र ८ मत पाए ।

रौतहटकै राजपुर नगरपालिका ६ मा नेपाली कांग्रेसका उम्मेदवार समसे आलम ७४४ मतले विजयी हुँदा चौथो नम्बरमा जनमतका उम्मेदवार कयामुद्दिन धुनिया मात्र ४५ मतमा सीमित भएका छन् ।

मधेश प्रदेशसभामा जनमत १३ सांसदसहितको चौथो ठूलो दल हो । प्रतिनिधिसभामा उसको ६ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?