+

टीयू मैदानको पिचमै पुगे दर्शकहरू, थपियो सुरक्षा चुनौती

२०८१ मंसिर  १७ गते १६:४१ २०८१ मंसिर १७ गते १६:४१
टीयू मैदानको पिचमै पुगे दर्शकहरू, थपियो सुरक्षा चुनौती

१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबारको दोस्रो खेल सकिएपछि मैदानमा दर्शकहरूको प्रवेश भयो । मैदानको पश्चिमी भागबाट बार नै नाघेर प्रवेश गरेका दर्शक पिचसम्म पुगेका थिए ।

उनीहरू खेलाडी भएको ठाउँसम्मै पुगेका थिए र सुरक्षाकर्मीहरूले बाहिर निकालेका थिए । तर, यसले खेलाडीको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ ।

त्यसो त खेल चलिरहँदा अनिलले छक्का प्रहार गरेपछि दुई बालकहरू नै मैदानमा छिरेका थिए । उनीहरूलाई पनि लगत्तै बाहिर निकालिएको थियो ।

यसरी क्यानले पहिलो दिन दर्शक व्यवस्थापन गर्न नसकेको कुरा आइरहँदा सोमबारको खेलमा भने दर्शकहरू बार नै नाघेर मैदान प्रवेश गर्दा थप प्रश्न उठेको छ ।

शनिबार भएको उद्घाटन खेलमा पनि दर्शक र प्रहरीबीच धकेलाधकेल भएको थियो । त्यसक्रममा प्रहरीले लाठी चार्ज गर्नु परेको थियो । केही प्रहरी र दर्शकहरू घाइते भएका थिए ।

आज भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले पराजित गरेको छ ।

तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

एनपीएल टीयू क्रिकेट रंगशाला

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय