+
+

गौरीशंकरमा एमालेकी लुङ्गेली विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २२:४६

१७ मंसिर, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेकी उमा लुङ्गेली मगर शेर्पा विजयी भएकी छन् । उनले २ हजार ८०५ मत प्राप्त गरी विजयी भएकी हुन् ।

उनकी निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६०० मत प्राप्त गरिन् । त्यस्तै नेपाली कांग्रेसकी पासदिकी तामाङले १ हजार ७२७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?