+

कर्णालीबाट खेल्न आइपुगे अस्ट्रेलियन खेलाडी बोसिस्टो

२०८१ मंसिर  १८ गते २२:०५ २०८१ मंसिर १८ गते २२:०५
कर्णालीबाट खेल्न आइपुगे अस्ट्रेलियन खेलाडी बोसिस्टो

१८ मंसिर, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सबाट खेल्न अस्ट्रेलियाका अलराउन्डर विलियम बोसिस्टो नेपाल आएका छन् ।

उनी मंगलबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्ल र कन्सलटेन्ट कोच राजु बस्नेतले विमानस्थलमा स्वागत गरेका थिए ।

३१ वर्षीय बोसिस्टोले फर्स्ट क्लास, लिस्ट ‘ए’ र टी-२० प्रतियोगिता खेलेका छन् । त्यसैगरी उनले अस्ट्रेलिया यू-१९ टोलीबाट कप्तानी गर्दै सन् २०१२ को विश्वकप पनि खेलेका छन् । फाइनलमा भारतसँग भएपनि उनी विश्वकपको उत्कृष्ट खेलाडी भएका थिए ।

उनले फर्स्ट क्लास क्रिकेटमा २८ खेल खेल्दै कुल ११०० भन्दा धेरै रन बनाएका छन् । त्यस्तै अफब्रेक बलिङ गर्ने उनले १७ विकेट पनि लिएका छन् ।

सबैखाले टी२०मा ११ खेलमा १०२ रन बनाएका छन् भने १ विकेट लिएका छन् । उनले बिग ब्यास लिग बीबीएलमा पर्थ स्कोर्चर्स टिमबाट खेलेका छन् ।

कर्णालीका अन्य विदेशी खेलाडीमा भारतका शिखर धवन, हङकङका बाबर हायात, वेस्टइन्डिजका चाडविक वाल्टन र ओमानका जीशान मकसुद छन् ।

पहिलो खेलमा सोमबार जनकपुरसँग पराजित भएको कर्णालीले बुधबार विहान काठमाडौंसँग खेल्दै छ ।

कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय