+
+

११ फिल्म हललाई कानूनी दायरामा ल्याउन भन्दै जिल्ला प्रशासन र कर कार्यालयलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १४:२६

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनको नियम उल्लंघन गर्दै संचालन भैरहेका ११ हललाई कानूनी दायरामा ल्याउन आग्रह गर्दै केही जिल्ला प्रशासन र आन्तरिक राजस्व कार्यालयहरूलाई पत्र लेखेको छ ।

मोरङ, रुपन्देही, मकवानपुर, सर्लाही, बारा, सुर्खेत र धनकुटास्थित जिल्ला प्रशासन कार्यालय र त्यहाँका राजस्व कार्यालयहरूलाई पत्र लेखिएको बोर्ड अध्यक्ष दिनेश डीसीले जानकारी दिए ।

ती जिल्लास्थित ११ हल लामो समयदेखि इजाजतपत्र नवीकरण नभैकन संचालन भएको, चलचित्र विकास शुल्क नतिरेको र कतिपयले प्रदर्शन इजाजत पनि नलिएको बोर्डले पत्रमा उल्लेख गरेको छ । बोर्डले हलहरूको नामै तोकेर सोमबार पत्र काटेको जानकारी अध्यक्ष डीसीले दिए ।

‘ती हलहरु हाम्रो आग्रहलाई अटेर गर्दै बसिरहेका छन्’ डीसीले भने, ‘कानूनी दायरामा आउन आनकानी गरे बिक्री गरेको टिकटभन्दा दोब्बर जरिवाना तिराउनेदेखि लिएर हलमा प्रदर्शन रोक्ने, इजाजतपत्र खारेज हुने र सम्बन्धित व्यक्तिको नामबाट जिन्दगीभर हल खोल्न नपाइने पनि हुनसक्छ ।’

यसअघि सूचना जारी गर्दा १२ हलले नवीकरण गरिसकेको उनले जनाए । अध्यक्ष डीसी यतिबेला स्वयम त्यस्ता हलहरुको अनुगमन गर्न ब्यस्त छन् । उनले पोखरा, बेनी लगायतका ठाउँका हल पुगेर निरिक्षण समेत गरे । पोखरामा आयोजित पत्रकार सम्मेलनमा उनले नियम कार्यान्वयनलाई प्रभावकारीरुपमा अघि बढाउन आफू लाग्ने बताएका छन् ।

बोर्डले केही दिनअघि संचालनमा रहेका १६६ हलको सूची सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?