+
+

डिजिटल अधिकार महोत्सव सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १९:१८

काठमाडौं । काठमाडौंमा डिजिटल अधिकार महोत्सव-२०२४ सम्पन्न भएको छ ।

कार्यक्रममा डिजिटल अधिकार सम्मेलन-२०२४, डिजिटल अधिकार फिल्म महोत्सव-२०२४, अपाङ्गता भएका व्यक्तिका लागि इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक तालिम तथा इन्टरनेट गभर्नेन्स र डिजिटल अधिकार विषयक राष्ट्रिय स्कुल २०२४ लगायत मुद्दाहरू समावेश गरिएको थियो ।

१-३ डिसेम्बरसम्म सञ्चालन भएको महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्त्वपूर्ण मुद्दालाई छलफल र सम्बोधन गर्न विज्ञ, अभियन्ता र सरोकारवालाहरूले आ-आफ्नो धारणा राखेका थिए ।

महोत्सवमा सहभागी वक्ताहरूले डिजिटल समावेशीकरणको पक्षमा वकालत गर्ने र डिजिटल क्षेत्रलाई सबैका लागि खुला, सुरक्षित, र समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

महोत्सवमा डिजिटल अधिकार र सुशासनका महत्त्वपूर्ण मुद्दालाई केन्द्रमा राखेर छलफल गरिएको आयोजक संस्था डिजिटल फ्रिडम कोलिसनका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?