+
+

एनपीएलमा काठमान्डु र विराटनगरको पहिलो जित (तस्वीरहरू)

दुवै प्रतिस्पर्धा रोमाञ्चक भए । काठमान्डु र विराटनगरले एनपीएलकै पहिलो जित निकाले ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ मंसिर १९ गते २०:४२

१९ मंसिर, काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आज चौथो दिन । प्रत्येक दिन हुने दुई खेलमध्ये पहिलो खेल बिहान ९ बजे काठमान्डु गुर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा भयो ।

दोस्रो खेल दिउँसो १ बजे विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच थियो ।

दुवै प्रतिस्पर्धा रोमाञ्चक भए । काठमान्डु र विराटनगरले एनपीएलकै पहिलो जित निकाले ।

करण केसीको कप्तानीमा रहेको काठमान्डुले दोस्रो खेलमा पहिलो जित निकालेको हो । पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको काठमान्डुले बुधबारको खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको हो ।

पहिलो जितसँगै काठमान्डुले २ अंक जोडेको छ ।

पेपरमा बलियो देखेको र धवनको आगमनले चर्चामा रहेको कर्णालीको यो लगातार दोस्रो हार हो । कर्णाली पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

उता, सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीलाई २ विकेटले पराजित गर्‍यो । लुम्बिनी पनि आजको खेलबाट पहिलो जित निकाल्ने दाउमा थियो ।

लुम्बिनीले १९२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । यो लक्ष्य जारी एनपीएलकै सबैभन्दा उच्च स्कोर थियो । कप्तान लामिछानेले पनि जारी एनपीएलकै पहिलो विकेट लिए । तर, विराटनगरले उच्च स्कोर तोड्यो र लुम्बिनीलाई पहिलो जित निकाल्नबाट रोक्यो ।

लुम्बिनीले दिएको उच्च लक्ष्य विराटनगरले १ बल बाँकी छँदै ८ विकेट गुमाएर पूरा गर्‍यो ।

हेर्नुस् तस्वीरहरूः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?