+
+

मुक्तिनाथ म्युचुअल फन्ड १ मा आवेदन खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते ८:४६

२० मंसिर, काठमाडौं । मुक्तिनाथ विकास बैंकको कोष प्रवद्र्धनमा आज बिहीबारदेखि म्युचुअल फन्ड निष्कासन हुने भएको छ । ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ मा लगानी गर्न इच्छुकले कार्यालय समयपछि आवेदन दिन सक्नेछन् ।

अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड इकाइ निष्कासन हुनेछ। जसमध्ये कोष प्रवद्र्धक र योजना व्यवस्थापकलाई छुट्याएर बाँकी रहेको ८ करोड ५० लाख इकाइ सार्वजिनक निष्कासन हुनेछ ।

सर्वसाधारणले छिटोमा मंसिर २४ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । १० वर्षे अवधिको यस बन्दमुखी योजनामा न्यूनतम १ सय इकाइ अर्थात् १ हजार रुपैयाँ लगानी गर्न सकिनेछ । अधिकतम १ करोड इकाइ खरिद गर्न सकिने मुक्तिनाथ क्यापिटलले जनाएको छ । बन्दमुखी योजना भएकाले यो सेयर बजारमा सूचीकृत भइ कारोबार हुनेछ ।

हाल बजारमा विभिन्न नामका ३६ योजनाहरु सूचीकृत छन् । यीमध्ये कतिपय योजना बजारमै १० रुपैयाँभन्दा न्यून मूल्यमा पनि पाइने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?