+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धरानका मेयर साम्पाङले पत्रकारलाई धम्की दिएको घटनाको महासंघद्वारा विरोध

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १३:५५

२० मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्की दिएको घटनाप्रति पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

पत्रकार दाहालले खोज पत्रकारिता केन्द्र (खोपके) मा साम्पाङका गतिविधिबारे समाचार लेखेका थिए । उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै मेयर साम्पाङले धम्कीपूर्ण स्टाटस लेखेका थिए ।

त्यसप्रति आपत्ति जनाउँदै महासंघका महासचिव रोसन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘नेपाल पत्रकार महासंघ, सुनसरीका अध्यक्ष जनकऋषि राई र महासंघका राष्ट्रिय परिषद् सदस्य गोपाल दाहाललाई समाचारको विषयलाई लिएर सुनसरीस्थित धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ (हर्कराज राई) ले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेखेर धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’

समाचारमा चित्त नबुझ्दा त्यसउपर कानुनी प्रक्रिया हुँदाहुँदै मेयर साम्पाङबाट भएको उक्त हर्कत निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ ।

‘समाचारप्रति चित्त नबुझे त्यसउपर कानुनी प्रक्रियामा जाने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने स्थापित प्रावधान छ । यसलाई बेवास्ता गर्दै सार्वजनिक पदधारी प्रमुख जस्तो जिम्मेवार व्यक्तिबाट गरिएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका सार्थै प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो’– महासंघको विज्ञप्तिमा भनिएको छ ।

साम्पाङको हर्कतलाई अराजक र अशोभनीय भन्दै यसले पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारमा समेत आघात पुगेको महासंघको ठहर छ ।

हर्कले लेखेका थिए– ‘खोज पत्रकारिता केन्द्रका गोपाल दाहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’

फेरि अर्कोपटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शिर ठाडो पारेर हिंड्न नसक्ने बनाइदिने’ भन्दै धम्क्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?