+
+

धनगढीमाईका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १७:३४

२० मंसिर, काठमाडौं । सिहाको धनगढीमाई नगरपालिकाले औषधि खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

आयोगले बिहीबार विशेष अदालतमा पाँच जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । जसमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र हेल्पिङ मल्टी प्रपोज प्रालि मैतीदेवीका प्रबन्धन निर्देशक माधवप्रसाद गौतम छन् ।

आर्थिक वर्ष २०७८÷७९ मा आधारभूत तथा आकास्मिक स्वास्थ्य सेवाका औषधी खरिदमा भ्रष्टाचार भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए । नेपाल सरकारको सःशर्त अनुदान शिर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधीहरू प्रचलित मूल्य भन्दा बढी मूल्य राखी उनीहरूले खरिद गरेको खुलेको छ ।

यसरी उनीहरूले ४ लाख ६० हजार ८१० रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ । प्रतिवादीहरु सबैलाई जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?