+
+

डिम्याटमा किन आएन साढे ७५ करोड कित्ता सेयर ?

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १२:१५

२१ मंसिर, काठमाडौं । सेयर प्रमाणपत्रलाई अभौतिक (डिम्याट्रिलाइज) गर्ने कार्य सुरु भएको ८ वर्ष बित्यो ।

अझै पनि ७५ करोड ५५  लाख कित्ता सेयर डिम्याट बाहिर छन् । १ साउन २०७३ बाट लगानीकर्ताले अनिवार्य रूपमा डिम्याट खाता खोल्नुपर्ने तथा डिम्याट भएका धितोपत्रहरू मात्रै कारोबार हुने नियम लागू हुँदै आएको छ ।

सीडीएस एण्ड क्लियरिङका अनुसार बजारमा सूचीकृत कुल सेयर संख्या १३ अर्ब ८५ करोड ४७ लाख ८६ हजार ९९६ कित्ता हो । तर डिम्याटमा आएको सेयर संख्या भने १३ अर्ब ९ करोड ९२ लाख ५३ हजार ३७९ कित्ता छ ।

कतिपय सेयर कुनै प्राकृतिक विपत्तिमा हराएका वा च्यातिर नष्ट भएका पनि हुन सक्ने सीडीएससीका डेपुटी म्यानेजर सुरेश न्यौपानेले बताए । यदि आफूसँग भएको सेयर प्रमाणपत्र कुनै समयमा हराएको वा नष्ट भएको जानकारी भएमा सर्वसाधारणले सम्बद्ध कम्पनीमा गएर सेयर स्वामित्व लिन सक्ने न्यौपानेले स्पष्ट पारे ।

‘वर्षौ पहिले प्रमाणपत्र हराएको वा नष्ट भएको अवस्थामा पनि सेयर दाबी गर्न सकिन्छ, दाबी पुगेको खण्डमा कम्पनीहरुले सेयर दिन्छन्’ उनले भने।

त्यस्तै केही हाइड्रोपावर कम्पनीले संस्थापक तथा स्थानीय प्रभावितलाई सेयर प्रमाणपत्र नै दिएको तर लकइन नखुलेका कारण वा उनीहरुले बेच्न नचाहेका कारण पनि डिम्याटमा नआएको हुन सक्ने उनको भनाइ छ । ‘ती सेयर क्रमिक रुपमा डिम्याटमा आउँछन्’ उनले भने ।

त्यस्तै सरकारी स्वामित्व भएका कतिपय सेयर पनि डिम्याट नभएको उनको भनाइ छ । सरकारी सेयर सूचीकृत भएको हुन्छ, तर किनबेच नहुने भएकाले डिम्याट नगरिएको हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?