+

पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

२०८१ मंसिर  २१ गते १३:०३ २०८१ मंसिर २१ गते १३:०३
पोखरा विरुद्ध टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

२१ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को ११ औं खेलमा टस जितेर लुम्बिनी लायन्सले पोखराविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

लुम्बिनी र पोखरा दुवै टोली पहिलो जितको खोजीमा छन् ।

लुम्बिनीको टिममा दुई परिवर्तन भएको छ । बेन कटिङ र अर्जुन साउदको स्थानमा उन्मुक्त चन्द र दिनेश अधिकारी पहिलो रोजाइमा खेलेका छन् ।

पोखराले लगातार दुई खेल हारिसककेो छ भने लुम्बिनी आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।

यसअघि बिहान भएको खेलमा कर्णालीले चितवन राइनोजमाथि रोमाञ्चक जित निकालेको थियो ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय