+
+

‘दुःखी आत्मा’मा श्रवण मुकारुङका १० कविता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २४ गते १६:४१
कवि श्रवण मुकारुङ (बायाँ) निर्देशक दीपेन्द्र लामालाई कविता बुझाउँदै ।

काठमाडौैं । कवि श्रवण मुकारुङका कवितालाई अब फिल्ममा सुन्न पाइने भएको छ । मुकारुङले फिल्म ‘दुःखी आत्मा’को लागि १० कविता लेखेका छन् ।

निर्देशक दीपेन्द्र लामालाई मुकारुङले ती कविता बुझाएका छन् । ती कविता फिल्मभित्र कथाअनुसार राखिने बताइएको छ ।

माथि माथि शैलुङुगेमा, तिमी तारेभीर, राई माइलाले गाउँ छोड्यो रेजस्ता प्रसिद्ध गीतका रचनाकार समेत रहेका मुकारुङले फिल्ममा जोडिन पाएकोमा उत्साह व्यक्त गरे ।

‘फिल्मका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उनी भन्छन्, ‘म आफ्ना कवितालाई फरक प्लाटफर्ममा हेर्न आतुर छु ।’

प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरूको स्वभावबीच एकरुपता पाइएकोले उनलाई कविता रच्न लगाइएको निर्देशक लामाले बताए ।

उनले भने, ‘मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो ।’

निर्देशक लामा मुकारुङका कविताले आफ्नो फिल्मको पात्र र परिवेशलाई न्याय मिलेको दावी गरे । मुकारुङका अधिकांश कविता फिल्मका शीर्ष अभिनेता दयाहाङ राई माथि फिचरिङ गरिएको बताइएको छ ।

क्लक वर्क क्रिएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण, सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङसहित आँचल शर्मा, अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायतको अभिनय छ ।

आलोक शुक्लाले खिचेको फिल्म भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुनबाट प्रदर्शन हुदैछ । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ । फिल्मको अहिले सम्पादन कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?