+
+

महुली लघुवित्तले पुस ५ देखि एफपीओ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते ८:५३

२६ मंसिर, काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले पुस ५ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनबमोजिम सर्वसाधारणमा जारी सेयर ३० प्रतिशत हुनुपर्नेमा हाल १९.६८ प्रतिशत मात्रै रहेकाले एफपीओ जारी गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ ।

सर्वसाधारणले पुस ९ गतेसम्म आवेदन दिन सक्नेछन् । अंकित मूल्य १ सय रुपैयाँकै दरले कम्पनीले एफपीओ जारी गर्न लागेको हो । एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीले इक्रा नेपालबाट बीबी माइनस प्राप्त गरेको छ ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ ।

गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २१ रुपैयाँ ४४ पैसा छ । बजारमा सूचीकृत रहेको यस कम्पनीको सेयर मूल्य प्रतिकित्रा १६३३ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?