+

नमीठो हारपछि कमब्याक गर्ने जनकपुरको लक्ष्य, काठमाण्डु लगातार जितको खोजीमा

२०८१ मंसिर  २७ गते ६:४५ २०८१ मंसिर २७ गते ६:४५
नमीठो हारपछि कमब्याक गर्ने जनकपुरको लक्ष्य, काठमाण्डु लगातार जितको खोजीमा

२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा बिहीबार हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज खेल्दै छन् । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरू हुनेछ ।

जनकपुर बुधबार नमीठो हार व्यहोरेको छ भने काठमाण्डुले शानदार जित हात पारेर आएको छ । जनकपुरको कप्तानी अनिल शाहले तथा काठमाण्डुको कप्तानी करण केसीले गर्नेछन् ।

जनकपुरले सुरूवाती चारवटा खेल जितेर प्रतियोगितामा शानदार प्रदर्शन गरिरहँदा बुधबार भने ५१ रनमा अलआउट हुँदै पहिलो हार व्यहोर्‍यो । उक्त हारपछि सुरूवातदेखि अंकतालिकाको शीर्षस्थानमा रहेको जनकपुर दोस्रो स्थानमा झरेको छ । यद्यपी प्लेअफमा पुग्ने सम्भावना भने अझै बलियो छ ।

प्रतियोगितामा जनकपुरको ब्याटिङ र बलिङ दुवै शानदार चलिरहँदा बुधबारको खेलमा भने ब्याटिङ चल्न सकेन । विशेषगरी पछिल्ला दुई खेलमा जनकपुरको ब्याटिङ एक्सपोज भएको छ । कप्तान अनिल शाहले प्लेअफअगाडि नै गस्तो हार व्यहोरेकाले ठीकै भएको टिप्पणी गरेका थिए ।

जनकपुरले यसपछि चितवन राइनोजसँग खेल्ने छ । दुईमध्ये कुनै एक जितेमा प्लेअफ त भइ नै हाल्ने छ । काठमाण्डुले जितेमा प्लेअफमा छनोट हुने सम्भवना अझै बलियो बनाउने छ ।

यतातिर काठमाण्डु गुर्खाजले बुधबार शानदार जित हात पारेसँगै प्लेअफमा छनोट हुने सम्भावनालाई बलियो अवस्थामा लगेको छ । आजको खेलमा जनकपुरलाई हराएमा काठमाण्डुसहित अन्य टोलीलाई पनि केही फाइदा पुग्नेछ ।

सुरूवाती खेलमा पराजित हुँदा दोस्रो जितेको र त्यसपछि फेरि पराजित भएर चौथो खेल जितेको काठमाण्डुको फर्म एकैनास नरहेकाले मेहेनत भने धेरै गर्नुपर्नेछ ।

विशेषगरी काठमाण्डुको टप अर्डर चलेकै छैनन् । बुधबार पानि बलरले खेल जिताएका थिए । यस्तोमा टप अर्डर ब्याटरहरूले स्टेप अप गर्दै टिमका लागि राम्रो इनिङ खेल्नुपर्ने हुन्छ ।

खेल : जनकपुर बोल्ट्स भर्सेस् काठमाण्डु गुर्खाज

मिति र समय : २७ मंसिर, दिउँसो १ बजे

जनकपुर बोल्ट्स सम्भावित ११ : अनिल शाह, आसिफ शेख, लाहिरु मिलान्था, हर्श थाकर, अरनिको यादव, जिमी नीशम, जोसुआ ट्रोम्प, शेर मल्ल, ललित राजवंशी, किशोर महतो, शुभ कंसाकार

काठमाण्डु गुर्खाज सम्भावित ११ : माइकल लेभिट, स्टेफेन इस्किनाजी, भीम सार्की, सुमित महर्जन, जेरार्ड एरासमस, डान डौथवेट, प्रतिक श्रेष्ठ, करण केसी, रासिद खान, शाहब आलम, दिपेश कँडेल

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय