+

एनपीएल : पोखरा र विराटनगरलाई जित आवश्यक

२०८१ मंसिर  २७ गते ६:१० २०८१ मंसिर २७ गते ६:१०
एनपीएल : पोखरा र विराटनगरलाई जित आवश्यक

२७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । खेल कीर्तिपुरस्थित टियू मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ र प्लेअफ सम्भावना कायम राख्न जित्नैपर्ने आवश्यकता छ ।

चार खेल खेलिसक्कदा पोखरा र विराटनगरले समान १ खेल जित्दै २ अंक मात्र जोडेका छन् भने तीन खेलमा पराजित भएका छन् । पोखरा र विराटनगर अन्तिम दुई स्थानमा छन् । दुवैले लुम्बिनी लायन्सलाई मात्र पराजित गरेको थियो ।

पोखरा र विराटनगर दुवैमा मार्की तथा कप्तान चल्न सकेका छैनन् । पोखराका कप्तान कुशल भुर्तेल राष्ट्रिय टिमका ओपनर हुन् । पछिल्लो समय वान डाउनमा ब्याटिङ गरेका थिए । एनपीएलमा भने उनी ओपनिङ र वान डाउन दुवैमा फ्लप नै भए ।

उता विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि चार मध्ये एक खेलमा मात्र विकेट लिएका छन् । तीन खेलमा उनले विकेट लिएनन् ।

विराटनगरले बाँकी खेलका लागि नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्डलाई भित्र्याएको छ । न्युजिल्याण्डका स्टार ब्याटर मार्टिल गप्टिलाई सुरु देखि खेलाएपनि खासै प्रभाव देखिन सकेको छैन ।

पोखरामा विदेशी खेदखि स्वदेशी अलराउण्डरहरु धेरै छन् । तर आन्द्रेस गौसको एक शतक बाहेक विदेशी खेलाडीले सोचे अनुसार खेल्न सकेका छैनन् । एसोसिएटकै उत्कृष्ट अलराउण्डर बास डे लिडले एक खेल खेलेपछि चोटका कारण खेलेका छैनन् ।

अब लिगमा तीन खेल मात्र खेल्न बाँकी रहेकोले जित निकाल्दै अंक तालिकामा सूधार गर्ने लक्ष्यमा छन् । पोखरा सातौं र विराटनगर आठौं स्थानमा छ । यस खेलमा जित हात पार्ने टिमको ४ अंक हुनेछ र बाँकी दुई खेल पनि जितेमा बढीमा ८ अंक पुग्नेछ । यस खेलमा पराजित हुने र बाँकी दुई खेलमा विजयी भएमा प्लेअफको झिनो सम्भावना बाँकी हुनेछ तर अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्नेछ ।

लिगमा अहिलेसम्म जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोएल्सले समान ८ अंक जोडिसके । दुवै टोली प्लेअफ नजिक छन् । बाँकी दुई मध्ये एक खेल जितेपनि उनीहरुको प्लेअफमा स्थान पक्का हुनेछ । यस्तै चितवन राइनोज र कर्णाली याक्सको ५ खेलबाट समान ६ अंक छ । यी दुई टोली पनि प्लेअफको लागि दाबेदार छन् । चार खेलमा २ जितबाट ४ अंक जोडेको काठमाडौंको पनि प्लेअफ सम्भावना कायम छ । ६ खेल खेल्दा १ खेल मात्र जित्न सफल लुम्बिनी पाँचौ हारपछि लिग चरणबाटै बाहिरिने पक्का भएको छ ।

खेल : पोखरा एभेन्जर्स भर्सेस विराटनगर किंग्स

मिति र समय : २७ मंसिर, बिहान ९ बजे

स्थान : टीयू अन्तर्राष्ट्रिय मैदान, कीर्तिपुर

पोखरा एभेन्जर्स सम्भावित ११ : आन्द्रेस गौस, दिनेश खरेल, कुशल भुर्तेल, रेमोन रेइफर, दिलिप नाथ, म्याट क्रिटले, माइकल लिस्क, नारायण जोशी, विपिन खत्री, सागर ढकाल, आकाश चन्द

विराटनगर किंग्स सम्भावित ११ : मार्टिन गप्टिल, लोकेश बम, निकोलस किर्टोन, नरेन भट्ट, स्कट एडवार्ड्स, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, प्रतिश जिसी, सन्दिप लामिछे, अनिल खरेल

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय