+
+

रोमानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

आकर्षक तलबमा रोमानिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १७:३४

२७ मंसिर, काठमाडौं । आकर्षक तलबमा रोमानिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका-२ का ३४ वर्षीय भानु यजुवेन्द्र कण्ठ रहेका छन् । उनी काठमाडौंको बौद्धबाट बिहीबार पक्राउ परेका हुन् ।

रोमानिया पठाइदिने भन्दै भानुले दुई जनासँग २ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?