+
+

‘माइतीघर’बारे प्रकाश सपुत : ‘२०८२ सम्मका लागि यो मेरो अन्तिम फिल्म’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १७:५०

काठमाडौं । गायनबाट फिल्म अभिनयमा सक्रिय प्रकाश सपुतको व्यस्तता यतिबेला चुलिंदो छ । उनी यतिबेला होम–प्रोडक्सन फिल्म ‘वसन्त’मा व्यस्त छन्, जसको प्रदर्शन २२ चैतलाई तय छ ।

यसबाहेक उनको लाइनअपमा अर्जुन सुवेदीको ‘सोल्टिनी’, दीपेन्द्र के खनालको ‘हरिबहादुरको जुत्ता’ र रोहित अधिकारीको ‘माइतीघर’ छन् । पछिल्लो फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट उनले एकैसाथ गाली र ताली खेपे ।

प्रकाशले फेसबुक पोस्टमार्फत कथा रोचक भएकाले यी फिल्म गर्न उत्साहित भएको बताएका छन् । उनले ‘माइतीघर’को प्रशंसा गर्दै सन् २०८२ सम्म यो नै अन्तिम फिल्म हुने बताएका छन् । यसको अर्थ, आउँदो वर्षसम्म उनले नयाँ फिल्म गर्नेछैनन् ।

फेसबुक पोस्टमा प्रकाश लेख्छन्, ‘चलचित्र सोल्टिनी र हरिबहादुरको जुत्तापछि चलचित्र माइतीघरमा आबद्ध भएको छु । नेपाली चलचित्रको इतिहास र गरिमा बोकेको एक एतिहासिक चलचित्र माइतीघर नामबाट बन्न लागेको नयाँ चलचित्र माइतीघर नामको गरिमा धान्नेमा विश्वास छ । किनकि यसको कथा रोचक छ । म उत्साहित छु । अनि २०८२ सम्मका लागि यो नै मेरो अन्तिम चलचित्र हुनेछ । विश्वास र सहकार्यका लागि सबैलाई धन्यवाद । वसन्त चैत २२, सोल्टिनी, हरिबहादुरको जुत्ता र माइतीघरसम्म तपाईं हाम्रो भेट सिनेमाघरमै हुने भयो । तपाईंहरू आउनुपर्ने भयो । त्यसपछि तपाईंहरुलाई भेट्न तपाईंहरुकै ठाउँमा आउनेछु  सांगीतिक यात्रा लिएर ।’

प्रकाशले नारायण रायमाझी निर्देशित ‘परदेशी २’ बाट फिल्म अभिनय करिअर थालेका थिए । उनले हल्कारा, बोक्सीको घर र पुजार सार्कीमा पार्श्वगायन गरेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ उनी अभिनित पछिल्लो फिल्म हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?